शुक्रबार, वैशाख ७, २०८१

भरियो बुटवलको कोरोना अस्पताल

प्रदेश ५ को केन्द्र बुटवलमा रहेको कोरोना विशेष अस्पतालका आइसीयूसहितका सबै बेड भरिएका छन् ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

भैरहवा– प्रदेश ५ को केन्द्र बुटवलमा रहेको कोरोना विशेष अस्पतालका आइसीयूसहितका सबै बेड भरिएका छन् ।

triton college

बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार अमृत गिरीका अनुसार विशेष अस्पतालमा १६ जना गम्भीर बिरामीलाई आइसीयूमा राखिएको छ।

अस्पतालको कोरोना आइसोलेशन शाखामा अहिले उपचाररत ३७ जना बिरामीमध्ये १६ जनालाई आईसीयूमा राखिएको हो। जनरल बेड मा २१ जना बिरामी छन्।

समुदायमा संक्रमण फैलिएर अस्पतालका आइसीयू र भेन्टिलेटर भरिन थालेपछि चिन्ता ब्यक्त हुन थालेको छ।

"अहिले जुनसुकै उमेर समूहकालाई पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर हामीकहाँ आइसीयू र भेन्टिलेटर पर्याप्त छैनन् न त चिकित्सक नै पर्याप्त छन्," कोरोना विशेष अस्पतालका चिकित्सक सागर न्यौपाने भन्छन्।  

corrent noodles
Metro Mart

उनले अवस्था गम्भीर र खतरापूर्ण भइसकेको भन्दै जुनसुकै ठाउँमा जतिबेला पनि स्थिति भयावह हुन सक्ने बताए। 

डा. न्यौपानेले जीवन शैली र व्यवहार परिवर्तन नगर्ने हो भने ठूलो संकट आइलाग्ने बताए।  उनले भने, "हामीलाई चिनेजानेका मान्छे भनेपछि पहिलेकै आनीबानी गर्न मन लाग्छ,  मास्क खोलेर बात गर्न मन लाग्छ । यसो बाटोमा टहलिन खोज्छौं जुन बानीले जोखिम बढाएको छ।"

रुपन्देहीमा धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल बाहेक भैरहवाको भीम असपताल, सैनामैनामा पद्मपाणि सामुदायिक चिकित्सालय र शंकरनगर स्वास्थ्य केन्द्रमा समेत कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर संचालनमा छन्।

प्रमुख जिल्ला अधिकारी माहदेव पन्थका अनुसार बुटवलमा बेड भरिए पनि अन्य ठाउँमा समेत गम्भीर बिरामीको उपचारका लागि व्यवस्था मिलाइएको छ।

रुपन्देहीमा हिजो मात्रै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये ६ महिला र १२ पुरुष छन्। रुपन्देहीमा हालसम्म संक्रमितको संख्या ६१४ पुगेको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३४६ जना निको भएर घर फर्किसकेका छन्।

जिल्लामा २६६ जनाको उपचार भइरहेको छ।

प्रकाशित: Aug 22, 2020| 11:40 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।