शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

triton college

नेपालका दुई जना व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) र पछुवा गाडीमा बस्ने ७ जना सुरक्षाकर्मीलाई संक्रमण भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
नेता नेपाल, उनको परिवार र सचिवालयका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।

कोरोना पोजेटिभ देखिएका अंगरक्षकलाई आइसोलेसनमा राखिएको छ। रिपोर्ट नेगेटिभ देखिए पनि नेता नेपाल केही समयका लागि होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्यको मापदण्ड पालना गर्न भन्दै नेपालले केही समय भेटघाट र परामर्श नगर्ने उनको सचिवालयले जनाएको छ।

यसअघि पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालका अंगरक्षकलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै महासचिव विष्णु पौडेल र नेता भीम रावलका अंगरक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Aug 22, 2020| 10:20 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।