शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा संंक्रमणमा कमी आएको संकेत, युरोपमा फेरि बढ्न थाल्यो

अमेरिकामा संंक्रमणमा कमी आएको संकेत, युरोपमा फेरि बढ्न थाल्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आएको देखिएको छ। यद्यपि, यो कमी आउनुको कारणबारे सबैको एकमत देखिंंदैन।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

एजेन्सी-  अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आएको देखिएको छ। यद्यपि, यो कमी आउनुको कारणबारे सबैको एकमत देखिंंदैन।

triton college

जोन हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार गएको साता अमेरिकामा ४७ हजार ३०० संंक्रमित थपिएका छन्। त्यसअघि औषत साप्ताहिक संंक्रमण ६३ हजार ३१७ थियो। जबकी १७ जुलाई एकै दिनमा ७५ हजार संक्रमित थपिएका थिए।

अमेरिकामा कोरोना भाइरस परीक्षणको नेतृत्व गरिरहेका ह्वाइट हाउस फिजिसियन ब्रेट गिरोयरले अमेरिकामा संक्रमण नियन्त्रणको प्रयास सही दिशामा अघि बढिरहेको बताएका छन्।

उनका अनुसार मास्कको प्रयोग र आपसी दूरी कायम राख्दा संक्रमण फैलन कम भएको हो।

तर, केही विशेषज्ञहरु भने परीक्षण दर नै कम भएका कारण संक्रमणका नयाँ केस पुष्टि हुन नसकेको दाबी गरिरहेका छन्। अटलान्टिक ट्रयाकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिणी भागमा संक्रमण फैलँदो छ तर, त्यहाँ परीक्षण अचानकै कम गरिएको छ।

corrent noodles
Metro Mart

युरोपमा फेरि बढ्यो

फ्रान्समा बिहीबारमात्रै ४ हजार ७७१ संक्रमित थ पिएका छन्। यो संख्या बुधबारको तुलनामा धेरै हो। मे महिनापछि बुधबार सबैभन्दा धेरै संक्रमित थपिएका हुन्।

फ्रान्सबाहेक जर्मनी, स्पेन र इटलीमा पनि संंक्रमण दर बढ्दै गएको छ।

स्पेनमा संक्रमण युवाहरुमा बढी देखिएको छ जबकि जर्मनीमा विदेश यात्राबाट फर्केकाहरुमा संक्रमण धेरै देखिएको छ।
स्पेनमा बिहीबार ३ हजार ३४९ संंक्रमित थपिएका छन्।

बेलायतमा पनि बिहीबार संक्रमणका १ हजार १८२ नयाँ केस पुष्टि भएको छ भने जर्मनीमा १ हजार ७०७।

कोरोना संंक्रमणको सबैभन्दा धेरै चपेटामा परेको युरोपेली देश इटलीमा बिहीबार ८५४ जनामा संक्रमण पुष्टि भएको थियो। मे महिनापछि यति धेरै संंक्रमित थपिएको इटलीमा पहिलो पटक हो ।

फ्रान्सले अहिले परीक्षणलाई तीव्र बनाएको छ। गएको सातामात्रै फ्रान्समा ६ लाख ६४ हजार जनामा परीक्षण गरिएको थियो।

लकडाउनमा छुट र जनजीवन सामान्य बनाउने प्रयास हुँदै गर्दा युरोपमा संंक्रमण फेरि फैलन थालेको विशेषज्ञहरुले बताएका छन्। यसबाहेक आपसी दूरी कायम नगर्दा पनि संक्रमण बढेको छ।

 

प्रकाशित: Aug 21, 2020| 12:19 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।