शुक्रबार, वैशाख ७, २०८१

८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुरु गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुरु गरेको छ।

triton college

एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो। एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ।

एयरलाइन्सका सीईओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताए। उनले एयरलाइन्सले कोरोनाको महामारीका समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए। 

सिईओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए। उनले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्‍ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए। 

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए। 

corrent noodles
Metro Mart

उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए। उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए। 

प्रकाशित: Sep 21, 2021| 01:00 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्