बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका थप तीन जनाको शव भेटियो

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका थप तीन जनाको शव भेटियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

triton college

पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको आज (बिहीबार) बिहान शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ ।

यससँगै उक्त पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यसअघि २५ जनाको शव भेटिएको थियो ।

अझै ११ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी साबेल र कोदालोका भरमा खोजी भइरहेका छन् ।

२०७२ को भूकम्पले हल्लाएको यो गाउँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो ।

corrent noodles
Metro Mart

तर, भूकम्प गएको ५ वर्षसम्म पनि पहिरोबाट बचाउन कुनै काम नहुँदा र बस्ती नसारिदा पहिरोबाट ठूलो मानविय क्षति भएको हो ।

प्रकाशित: Aug 20, 2020| 09:23 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।