बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दाहाल भन्छन्- पार्टी विवाद सात दिनभित्र समाधान हुन्छ, ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन

दाहाल भन्छन्- पार्टी विवाद सात दिनभित्र समाधान हुन्छ, ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले साता दिनभित्रमा पार्टीभित्रको विवाद समाधान हुने बताएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सात दिनभित्रमा पार्टीभित्रको विवाद समाधान हुने बताएका छन्।

triton college

प्रधानमन्त्री एवम् नेकपामा अर्का अध्यक्ष केपी शर्मा ओलीले भने गत साता पाँच दिनभित्र विवाद समाधान हुने दाबी गरेका थिए।

बुधबार राति एपीवान टेलिभिजनमा पत्रकार भूषण दाहालसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘ विवाद समाधानका लागि हामी दुई अध्यक्षकै सहमतिमा कार्यदल बनाएका छौं। त्यसले काम गरिरहेको छ। मलाई लाग्छ हप्ता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि जाने वातावरण बन्छ।’

पार्टी र सरकारका कामको समीक्षा एजेन्डाका रुपमा रहेको र त्यसलाई कसरी प्रभावकारी बनाएर जाने भन्ने विषयमा नै अहिले छलफल केन्द्रित रहेको दाहालले बताए।

अध्यक्ष दाहालले ओलीले अहिले कुनै पदबाट राजीनामा दिन नपर्ने पनि बताए।

corrent noodles
Metro Mart

‘हामीले स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै अबको ध्यान महाधिवेशनमा केन्द्रित गर्ने सहमतिको खाका तयार गरेका छौं,’ उनले भने, ‘कार्यदलले पनि प्रस्ताव ल्याउँछ। त्यसलाई हामी कमिटी बैठकमा राखेर त्यसैअनुसार अगाडि बढ्छौं।’

अध्यक्ष दाहालले पार्टीभित्रको अहिलेको बहस पदका लागि नभएको भन्दै पद मात्रै हेरेको भए पार्टी एकता नै सम्भव नरहेको बताए।

उनले अहिले केन्द्रीय समितिको बैठक कोरोना महामारीका कारण बस्न नसक्ने अवस्था रहेको भन्दै दुईतीन महिनापछि बैठक बसेर महाधिवेशन केन्द्रित भएर अगाडि बढ्ने बताए।

‘मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने समझदारी बनेको छ,’ उनले भने। धेरै छलफल भएर नयाँ समझदारी बनाउनेतर्फ लाग्नुपर्छ भन्ने दुई अध्यक्षबीच छलफल भइसकेको उनको भना छ।

‘अहिले देशलाई जनतालाई केन्द्रबिन्दुमा राखेर पार्टीभित्रको विवाद कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नै छलफल केन्द्रित हो,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने पार्टीभित्रको विवाद भएकाले सबैको ध्यान जानु जरुरी हो।’

पार्टी एकतालाई अगाडि बढाउन र सरकारको काम अगाडि बढाउन आफूहरु सहमति नजिक पुगेको उनको भनाइ थियो।

‘पार्टी एकता देशका लागि आवश्यकता छ भनेर हामीले गरेका हौं। यसबीचमा जे आधारमा एकता गरियो के कति को बाट पालना भयो भएन भनेर विवाद चलेकै ह’, अध्यक्ष दाहालले भने।

गत साताको बुधबार सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ५ दिनभित्रमा पार्टीभित्र देखिएको विवाद समाधान हुने बताएका थिए।

लगत्तै बिहीबार र शुक्रबार दुईअध्यक्षबीच भेटवार्ता भएको थियो। शुक्रबार दुवै अध्यक्षले पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदल गठन गरेका थिए। अहिले कार्यदलले काम गरिरहेको छ।

केही दिनभित्रमा कार्यदलले प्रतिवेदन दुवै अध्यक्षलाई बुझाउने तयारी गरेको छ। त्यसपछि दुवै अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टी कमिटीको बैठकमा प्रस्तुत गरेर अगाडि बढ्ने नेताहरुबीच सहमति भएको छ।

प्रकाशित: Aug 20, 2020| 00:08 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।