शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघलाई अनुरोध गरिने

‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघलाई अनुरोध गरिने

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ।

triton college

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिए।

ललितपुरमा बुधबारमा आयोजित मर्यादित महिनावारी सम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा गरे।

‘नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाइएको छ,’ उनले भने, ‘छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकिएको छ।’ यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको उनको भनाइ छ।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुनेगरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,’ उनले भने, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझावका लागि प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्दछु।’

corrent noodles
Metro Mart

समाजमा विद्यमान लैंगिक विभेद अन्त्यका लागि ‘लैंगिक मैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको उनले प्रष्ट पारे।

प्रकाशित: Aug 19, 2020| 16:00 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।