बिहीबार, वैशाख १३, २०८१

कोरोना जोखिम घटाउने थप रणनीतिमा जुट्यो सरकार

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले जोखिम न्यूनीकरण गर्न थप कदम चाल्ने भएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले जोखिम न्यूनीकरण गर्न थप कदम चाल्ने भएको छ।

triton college

देशभर सक्रिय संक्रमितको संख्या १० हजार नाघेपछि सरकार थप रणनीतिमा जुटेको हो। मंगलबारसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १० हजार ५६३ जना पुगेको छ।

यसका लागि देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थल बढाउने विषयमा सरकारका मन्त्रीहरुले छलफल अगाडि बढाएका हुन्। अधिकाशं जिल्लामा निषेधाज्ञा जारी भइसकेकाले देशैभर लकडाउन आवश्यक नहुने विषयमा अधिकांश मन्त्रीहरुले धारणा राखेका थिए।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी)को मंगलबार बसेको अनौपचारिक बैठकमा संक्रमणको रोकथाम र नियन्त्रणका विषयमा अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए।

बैठकमा देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थल बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी मन्त्रीहरुले बढ्दै गएको संक्रमणको अवस्थालाई ध्यानमा राखेर थप कदम चाल्नुपर्ने देखिएको धारणा राखेका थिए।

corrent noodles
Metro Mart

‘निजी अस्पताललाई कोभिड उपचार केन्द्रका रूपमा सरकारले लिनुपर्ने विषयमा पनि छलफल भएको छ,’ सचिव गुरागाईले भने, ‘आजको अनौपचारिक छलफल मात्रै भएकाले ठोस निर्णय केही भएको छैन। तर, संक्रमणको रोकथाम र नियन्त्रणका विषयमा थप रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल भयो।’

व्यवस्थित रुपमा बनाइएका क्वारेन्टाइन स्थललाई आइसोलेसनमा परिणत गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको थियो।

मन्त्रीहरुबीच आवश्यक परे होटलहरुलाई पनि आइसोलेसन र क्वारेन्टिन कक्षका रुपमा प्रयोग गर्न सकिने विषयमा छलफल भएको थियो।

बैठकमा सीसीएमसीका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार प्रधानमन्त्रीको समेत उपस्थितिमा बैठक बस्ने जानकारी गराएका छन्।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले स्थानीय प्रशासनलाई नै आवश्यक व्यवस्था गर्न दिने जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

प्रकाशित: Aug 18, 2020| 21:50 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।