धनगढी– पछिल्लो २४ घण्टामा ६४९ जनाको परीक्षण गर्दाएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।