शनिबार, वैशाख ८, २०८१

राजा त्रिभुवनबाट नगद पुरस्कार पाउँदा चकित परेका पण्डित जसराज

गीत सुनेपछि राजा त्रिभुवनले जसराजलाई पुरस्कार स्वरूप करिब पाँच हजार रुपैयाँ दिएका थिए। त्यसपछि उनी गीत गाएर पनि पैसा पाइँदो रहेछ भनेर निकै चकित परेका थिए।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

भारतका प्रसिद्ध शास्त्रीय संगीतकार पण्डित जसराज एउटा घटना सधैं स्मरण गरिरहन्थे, त्यो थियो सन् १९५२ मा तत्कालीन राजा त्रिभुवनसामु शास्त्रीय गायन गाउँदा नगद पुरस्कार पाएको क्षण। 

triton college

गीत सुनेपछि राजा त्रिभुवनले जसराजलाई पुरस्कार स्वरूप करिब पाँच हजार रुपैयाँ दिएका थिए। त्यसपछि उनी गीत गाएर पनि पैसा पाइँदो रहेछ भनेर निकै चकित परेका थिए।

यस्तै जसराजको योगदानको कदर गर्दै इन्टरनेसनल एस्ट्रोमिकल युनियन (आईएयू) ले सौर्य मण्डलको एउटा ग्रहको नाम उनकै नाममा राखेको छ। यस्तो सम्मान पाउने जसराज पहिलो भारतीय कलाकार हुन्।

सम्मानित भएपछि उनले भनेका थिए, ‘मलाई त ईश्वरको असीम कृपादृष्टि छ। यो ग्रहले सूर्यको परिक्रमा गरिरहेको छ। भारत र भारतीय संगीतका लागि ईश्वरको आशीर्वाद छ।’

यसका साथै उनले उनले भारतमा पद्म विभूषण, पद्म श्रीसहित अनेक उच्च पदक प्राप्त गरेका थिए।

corrent noodles
Metro Mart

यस्ता संगीत साधक पण्डित जसराजको सोमबार अमेरिकामा निधन भएको थियो।

उनको निधनबाट भारतीय शास्त्रीय संगीतको एक स्वर्णिम पुस्ताको अन्त्य भएको टिप्पणी भारतीय सञ्चारमाध्यमले गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै भनेका छन्, ‘पण्डित जसराको निधनले भारतीय शास्त्रीय संगीत विधामा ठूलो रिक्तता भएको छ।’

जसराजको ९० वर्षको उमेरमा न्युजर्सीस्थित आफ्नै निवासमा निधन भएको थियो। उनी मुटुको समस्याबाट पीडित थिए।

कोरोना भाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उनी स्वदेश फर्कन पाएका थिएनन्। उनी विगत ६ महिनादेखि न्युजर्सीको निजी गृहमा रहँदै आएका थिए।

शास्त्रीय संगीतलाई सरल र सहज बनाउनमा उनको योगदान छ। यसै कारण उनी लोकप्रिय छन्। शास्त्रीयसहित आधुनिक गायनमा पनि उनको उत्तिकै रुचि थियो। उनले भारत, क्यानडा, अमेरिकासहित विश्वका धेरै ठाउँमा गएर शास्त्रीय संगीत सिकाएका थिए।

शास्त्रीय सशक्त हस्ताक्षर हुनाका साथै पण्डित जसराजले अर्धशास्त्री शैलीका संगीतलाई पनि लोकप्रिय बनाएका थिए। उनले कैयाै‌ं भजन पनि गायका छन्। उनले गाएको कृष्ण भजन ‘ओम नमो भगवते वासुदेवाय’ निकै लोकप्रिय मानिन्छ।

पण्डित जसराजको अमेरिकामा अन्त्येष्टि गरिएको छ। संयुक्त राज्य अमेरिकाको न्युजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा उनको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि समारोहमा ठूलो जनसमूहको उपस्थिति थियो। जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय थिए।

प्रकाशित: Aug 18, 2020| 14:03 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्