काठमाडौं– समाजमा विभेद फैलाउने खालको शब्द प्रयोग गरिएको र भिडियोमा राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोह’ बोलका ‘गीत’ बन्देज गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले माग गरेको छ।
विज्ञप्ति जारी गर्दै संगठनले झण्डा जलाउने र जातिय गाली गलौजका शब्द प्रयोग गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेको हो।
राष्ट्रिय झण्डा जलाउनु, च्यात्नु वा झण्डाको अपमान हुने खालका गतिविधि गर्नु अपराध ठहरिने हुँदा यसमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रजातान्त्रिक विद्यार्थी संगठनको भनाइ छ।
यस्ता ‘गीत’ले समाजिक सद्भाव खल्बलाउने हुँदा संलग्नलाई कारबाही नगरिए कडा संघर्षमा उत्रिने पनि संगठनले चेतावनी दिएको छ।
सम्बन्धित समाचार :
राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो हुन्छ कारवाही ?
झण्डा जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी