काठमाडौं- बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उपसभामुख तामाङलाई कोरोना पुष्टि भएको हो।
उनले आजको परीक्षण रिपोर्टमा आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरिन्।
संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेसनमा बसिरहेकी छिन्। काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफूलाई संक्रमण भएको उनको अनुमान छ।