शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत् प्राधिकरण कर्मचारी कल्याणकारी कोषमा ७ करोड, वार्षिकोत्सव भत्ता ७ हजार

विद्युत् प्राधिकरण कर्मचारी कल्याणकारी कोषमा ७ करोड, वार्षिकोत्सव भत्ता ७ हजार

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणको कल्याणकारी कोषमा गत आर्थिक वर्षको नाफाबाट ७ करोड रुपैयाँ छुट्याएको बताएका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणको कल्याणकारी कोषमा गत आर्थिक वर्षको नाफाबाट ७ करोड रुपैयाँ छुट्याएको बताएका छन्।

triton college

सोमबार प्राधिकरणको ३५ औ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रममा उनले कर्मचारीका लागि ७ हजार रुपैयाँ वार्षिक भत्ताको पनि बोर्ड निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘कर्मचारी साथीहरु उत्साहित भएर काम गर्नुहोस्। गत वर्ष जस्तै यस वर्ष पनि प्राधिकरणले वार्षिकोत्सव खर्चका लागि प्रतिकर्मचारी सात हजार दिने निर्णय गरेको छ। अन्य सुविधाहरु पनि सोही अनुसार बाँडिएको छ। काममा खटिनेलाई २० देखि ५० प्रतिशतसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।’

उनले नेपाल विद्युत् प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको दाबी गरे।

‘प्राधिकरणले चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको छ। मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिन सफल भएको छ,’ मन्त्री पुनले भने ।

corrent noodles
Metro Mart

प्राधिकरणले निजीसहित विभिन्न प्रवद्र्धकहरुसँग करिब ६ हजार मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेकोे र प्रसारण तथा वितरण संरचनाहरूको सुधारमा समेत प्राधिकरण लागेको उनले बताए।

वित्तीय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरण कुशल सार्वजनिक संस्थाका रुपमा रुपान्तरित भएको भन्दै मन्त्री पुनले कर्मचारीको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाए।

 

प्रकाशित: Aug 17, 2020| 17:41 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्