शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने

कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएका छन्।

triton college

दुवै संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ। मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन्।

मर्जर सम्बन्धी समझदारीपत्रमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन्।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा सञ्चालनमा रहेका छन्। मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ।

गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोबार सञ्चालन हुने गरी कार्ययोजना सहित देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 17, 2020| 06:35 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्