शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना कोषमा साढे २१ करोड जम्मा

चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना कोषमा साढे २१ करोड जम्मा

चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ राबरको रकम हस्तान्तरण गरेका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ राबरको रकम हस्तान्तरण गरेका छन्।

triton college

बैंकहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले गत वर्ष खर्च हुन नसकेको रकम कोषका लागि हस्तान्तरण गरेका हुन्।

आइतबार मात्र कोषमा डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९, राष्ट्रिय बाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १४५, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ र नविल बैंकले ६ करोड रुपैयाँ अर्थमन्त्री डा. खतिवडा मार्फत् कोषमा जम्मा गरेका हुन्।

यसअघि नेपाल बैंकले ३ करोड ४६ लाख, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९२९, प्रभु बैंक एक करोड ३९ लाख १८ हजार २३८ र सनराइज बैंकले ७९ लाख ४४ हजार ४७६ रुपैयाँ कोषमा जम्मा गर्नका लागि अर्थमन्त्रीलाई बुझाएका थिए।

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 16, 2020| 19:40 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्