शनिबार, वैशाख ८, २०८१

जसले कोरोना नेगेटिभ हुँदा पनि पाइनन् मलामी

‘उनका नातिले हजुरआमाको शव अन्त्येष्टिका लागि निवेदन दिएकाले वृद्धामा कोरोनामा संक्रमण नभए पनि सेनाबाटै शव व्यवस्थापन गर्ने निर्णय भएको छ।’
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको अन्त्येष्टिमा परिवारका सदस्य पनि सहभागी हुन पाउँदैनन्।

triton college

संक्रमण फैलिन सक्ने भएकाले संक्रमितको शवलाई नेपाली सेनाको टोलीले आवश्यक सुरक्षा व्यवस्था मिलाएर व्यवस्थापन गर्दछ। तर, मोरङमा कोरोना संक्रमण नहुँदा पनि एक वृद्धाले मलामी पाइनन्।

विराटनगर महानगरपालिका–३ कञ्चनबारीकी ८७ वर्षीया महिलाको शव अन्त्येष्टिका लागि आफन्तसमेत नजाँदा अलपत्र छ।

उनको परिवारका सदस्यहरु कोरोना संक्रमित भएर उपचारमा छन् भने मृतक महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भइसकेको छ।

मृतका छोरा प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको निर्देशनालयमा काम गर्छन्। सँगै बस्दै आएका छोरा कोरोना संक्रमित भएपछि उनी महानगरपालिकाको आइसोलेसनमा भर्ना भएका छन्।

corrent noodles
Metro Mart

त्यसपछि परिवारको पीसीआर जाँच गर्दा बुहारी र नाति पनि संक्रमित भएको पाइयो भने महिलाको रिपोर्ट नेगेटिभ आयो।

परिवारका बाँकी सदस्य संक्रमित भएर आइसोलेसन सेन्टरमा पुगेपछि घरमा एक्लै रहेकी ती वृद्धाको शनिबार राति मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नतेले बताए।

वृद्धामा संक्रमण नरहेको पुष्टि भइसक्दा पनि परिवारका अन्य सदस्यमा संक्रमण भेटिएपछि त्रसित छिमेकीहरू अन्त्येष्टिमा सहभागी हुन डराएको बस्नेतले सुनाए।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने निर्णय भएको जानकारी दिए।

‘सँगै रहेका सबै परिवारमा संक्रमण भेटिएको र परिवारका अन्य सदस्य पनि बाहिर रहेछन्’, निरौलाले भने, ‘उनका नातिले हजुरआमाको शव अन्त्येष्टिका लागि निवेदन दिएकाले वृद्धामा कोरोनामा संक्रमण नभए पनि सेनाबाटै शव व्यवस्थापन गर्ने निर्णय भएको छ।’

मोरङमा हालसम्म नेपाली सेनाको कोभिड– १९ टोलीले ९ जना संक्रमितको शव व्यवस्थापन गरिसकेको छ।

 

प्रकाशित: Aug 16, 2020| 16:57 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।