काठमाडौं- भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पुनः भारत र पाकिस्तानका सेनाबीच भिडन्त भएको छ ।
भिडन्तमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय सेनाका प्रवक्ता राजेश कालियालाई उधृत गर्दै अलजजिराले लेखेको छ ।
काश्मीरको नोगाम क्षेत्र र पूच क्षेत्रमा भएको भिडन्तमा थप ४ सैनिक घाइते भएका छन्। उक्त भिडन्तमा नेपाली परेका छन् की छैनन् भन्ने बारेमा केहि खुलेको छैन् ।
दोहोरो भिडन्मा पाकिस्तानी सेनातर्फ पनि हताहती भएको भारतीय सेनाको दाबी छ । भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार गरिएको प्रवक्ता कालियाले बताएका छन्।
पाकिस्तानले भने भारतीय सैनिकले उक्त क्षेत्रमा जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।