शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लक्ष्मण छटपटाइरहे तर कुनै ट्याक्सीले अस्पताल पुर्‍याउन मानेनन्

लक्ष्मण छटपटाइरहे तर कुनै ट्याक्सीले अस्पताल पुर्‍याउन मानेनन्

लक्ष्मण ढलिसकेपछि अस्पताल लैजान थुप्रै ट्याक्सीलाई हारगुहार गर्दा पनि कसैले लिन नमानेको उनकी पत्नीले सुनाइन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

लक्ष्मण तामाङ र पुष्पाबीच प्रेम सम्बन्ध थियो। उनीहरुको सम्बन्ध केही समय राम्रै चलेको थियो। तर, लक्ष्मणले पुष्पालाई थाहा नै नदिएर अर्कै केटीसँग प्रेम गर्न थाले। लक्ष्मणले भेटघाट गर्न छोडेपछि पुष्पालाई रिस उठिरहेको थियो।

triton college

औपचारिकरुपमा बिहे नगरे पनि लक्ष्मणले नयाँ प्रेमिकालाई घरमै ल्याएर राखेका थिए। त्यो लक्ष्मणकी पूर्वप्रेमिका पुष्पालाई मन परेको थिएन।

शुक्रबार पुष्पाले लक्ष्मणलाई फोन गरेर भेट्न बोलाइन्। लक्ष्मण सन्चो नभएकाले जाने मुडमा थिएनन्। तर, पछि पत्नीसँगै उनी मनमैजुको तिमेरी पुल नजिक पुगे। त्यहाँ पुष्पा, एक अर्की केटी र ४–५ जना केटाहरु पनि थिए।

“हामी त्यहाँ पुग्नेबित्तिकै पुष्पाले मेरो प्रेमीसँग किन लभ गरेको भन्दै ममाथि हातपात गरिन्,” लक्ष्मणकी पत्नीले भनिन्, “ममाथि हातपात गरेको सहन नसकेर लक्ष्मणले प्रतिकार गरे, अनि उनीमाथि सबै मिलेर आक्रमण गरे।”

दोर्जे शेर्पा लगायतका केटाहरुको समूहले लक्ष्मणमाथि ढुंगा प्रहार गर्दै लखेट्दै चक्कु हानेर हत्या गरेको लक्ष्मणकी पत्नीले सुनाइन्। आक्रमणबाट उनको पनि छाती र खुट्टामा चोट लागेको छ।

corrent noodles
Metro Mart

नुवाकोटको घर भइ नयाँ बसपार्क पूर्व लोलाङ बस्ने २४ वर्षीय लक्ष्मणको छातीमा चक्कु प्रहार गरी शुक्रबार हत्या भएको छ।

आफूमाथि हातपात हुनेबित्तिकै प्रहरीलाई फोन गरे पनि प्रहरी समयमा नआएको उनले गुनासो गरिन्। “प्रहरी समयमै आएको भए पनि घटना हुँदैनथ्यो,” उनले भनिन्, “लगत्तै अस्पताल पुर्याउन सकेको भए पनि बच्न सक्थ्यो। तर, कसैले सहयोग गरेनन्।”

लक्ष्मण ढलिसकेपछि अस्पताल लैजान थुप्रै ट्याक्सीलाई हारगुहार गर्दा पनि कसैले लिन नमानेको उनले सुनाइन्।

घटनालगत्तै लक्ष्मणले आफूलाई फोन गरेर बोलाएपछि त्यहाँ पुग्दा केटाहरुले आफूमाथि नै आक्रमण गरेको लक्ष्मणका दाइ शंकरले सुनाए।

मेरो भाइलाई किन पिटेको भनेर सोध्दा उल्टै मेरो आँखा र छातीमा प्रहार गरेको शंकरले बताए। छटपटाइरहेको भाइलाई अस्पताल लगिदिन २० वटा जति ट्याक्सीलाई गुहार माग्दा पनि कसैले नमानेपछि अन्तिममा एक निजी कारले अस्पताल पुर्याइदिएको उनले बताए। अस्पताल लग्दा लक्ष्मणको ज्यान गइसकेको थियो।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जका डीएसपी सन्तोष खड्काले प्रारम्भिकरुपमा बुझ्दा प्रेमिकाकै कारणले घटना घटेको बुझिएको बताए।

सुरुमा विवाद भएको स्थान पुल पारी बालाजु प्रहरीको क्षेत्र र लक्ष्मण ढलेको स्थान पुल वारी महाराजगन्जको क्षेत्र पर्ने भएकाले घटनास्थल कसको क्षेत्रमा हो भन्ने कुरा समयमै यकिन हुन नसक्दा प्रहरी समयमै पुग्न नसकेको उनको भनाइ छ। घटनामा संलग्न चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको खड्काले जानकारी दिए।

घटनाका मुख्य अभियुक्त आङदोर्जेलाई माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसमा लुकिछिपी बसिरहेको अवस्था प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।

शेर्पा माइक्रो चालक रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका अरु तीन जनालाई पनि प्रहरीले शनिबार बिहानै पक्राउ गरेको छ।

गोंगबु क्षेत्रमा एक सातामा हत्या भएको यो दोस्रो घटना हो। गत शनिबार गोंगबुमै कल्पना पौडेलले दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्या गरेकी थिइन्।

प्रकाशित: Aug 15, 2020| 18:47 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।