मंगलबार, वैशाख ११, २०८१

सम्बन्ध बढाउन उपहार साटासाट

विगतमा माइतीले छोरीचेलीलाई कपडा उपहार दिने गरिन्थ्यो। अचेल साथी र आफन्तले उपहार साटासाट गर्न थालेका छन्।
 |  शनिबार, साउन ३१, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, साउन ३१, २०७७

तीज भन्नेबित्तिकै अधिकांशले व्रत, पूजा, नाचगान, पहिरन र शृंगार सम्झिन्छन्। चेली–माइतीको भेट हुने, रमाइलो गर्ने, दर खाने जस्ता कुराले उत्साह थप्छन्।

triton college

अचेल तीजमा नारीहरूबीच उपहार साटासाट गर्ने चलन बढेको छ। कार्यालयका सहकर्मी, साथीभाइ, नन्द–आमाजू, दिदी–बहिनीलाई चुरा, टीका, धागो जस्ता उपहार दिँदा सम्बन्ध थप बलियो हुने धेरैको बुझाइ छ।

विगतमा माइतीले छोरीचेलीलाई कपडा उपहार दिने गरिन्थ्यो। अचेल साथी र आफन्तले उपहार साटासाट गर्न थालेका छन्।

त्यसो त केही वर्षदेखि तीजका नाममा विभिन्न विकृति भित्रिएको भनेर चिन्ता गर्नेहरू पनि छन्। उनीहरूका अनुसार गीतसंगीतमा छाडापन भित्रिएर सस्तो मनोरञ्जनमा केन्द्रित भएको छ।

महिनैभरि दर खाने र भड्किलो पहिरन लगाउने गतिविधि बढेका छन्। यस्ता क्रियाकलापले तीजको मौलिकता हराउन सक्ने उनीहरू बताउँछन्।

corrent noodles
Metro Mart

यद्यपि तीजमा आएका केही परिवर्तनले पर्वको महत्त्व झन् बढाइदिएको छ। उपहारस्वरुप चुरा, टीका, रातो कपडा आदि सामान आदानप्रदान यसको एउटा उदाहरण हो।

व्यापारी पनि तीजमा दिइने उपहार (चुरा, टीका, पोते, कपडा, काँटा) लगायतको व्यापार फस्टाएको बताउँछन्। त्यसैले कतिका लागि यो पर्व उपभोगको अवसर बनेको छ भने कतिपयका लागि व्यापार गर्ने मौसम।

यस वर्ष कोरोना महामारीका कारण व्यापार ठप्प छ। तर पनि उपहार दिनका लागि सामग्री जुटाउन महिलाहरू कस्मेटिक पसलमा पुगिरहेका छन्।

उपहार किन्ने धेरै छन्

‘तीजमा सबैभन्दा धेरै कस्मेटिक सामग्री उपहार दिइन्छ’, बानेश्वरका कस्मेटिक पसल सञ्चालक रमेश महर्जन भन्छन्, ‘यसपालि विगतमा जस्तो व्यापार नभए पनि उपहार किन्नेहरु चाहिँ आइरहेका छन्।’ तीजमा उपहारका लागि कस्मेटिक सामानको व्यापार बढ्ने उनी बताउँछन्।

बानेश्वरकी अनुपा सिग्देलले टाढा जान नपाए पनि नजिकका साथी तथा आफन्तलाई उपहार दिने बताउँछिन्।

उनले उपहारकै लागि सात हजार रुपैयाँको सामान किनमेल गरेकी छिन्। उपहार आदानप्रदान गर्दा एकअर्कामा सामीप्य बढ्ने उनको भनाइ छ।
उसो त नयाँ डिजाइन र नयाँ सामग्री बजारमा के आएका छन् भनेर बजार धाउन नपर्ने समय आएको छ।

अनलाइनबाटै जानकारी लिएर किनमेल गर्ने बताउँछिन् सरीता केसी। उनले यसपटक तीन वटा साडी अनलाइनबाट मगाइन्।

उनले हरेक तीजमा दिदीबहिनी र साथीहरुलाई साडी, चुरा, काँटा, नेल पलिस उपहार दिने गरेकी छन्।

यसरी उपहार दिने प्रवृत्ति प्रचलनकै रुपमा विकास हुन थाल्दा कम आय भएका मानिस मर्कामा पर्ने गरेका छन्।

तीजमा बाध्यताले पनि उपहार दिनुपर्ने सविना गौतम बताउँछिन्। उनी भन्छिन्, ‘यो प्रचलनले मध्यम वर्ग र गरिबलाई मारमा पारेको छ।’
व्यापार घट्यो

कोभिड १९ महामारीले यस वर्ष तीजमा व्यापार गर्न नसकिएको व्यापारी बताउँछन्। विगतमा महिनौं अगाडिदेखि गहना, कस्मेटिक तथा कपडा पसलमा तीजको किनमेल गर्न भीड लाग्थ्यो।

त्रिदेवी फेसन हाउसकी सञ्चालक तथा फेसन डिजाइनर दीपा केसी भन्छिन्, ‘विगतमा एक महिनाअगाडिदेखि व्यापार हुन्थ्यो। यस वर्ष खास्सै हुन सकेन।’ उनको फेसन हाउसमा विगतको भन्दा ७० प्रतिशत कम व्यापार भएको छ। व्यापार नभएपछि नयाँ डिजाइन पनि नमगाएको उनले बताइन्।

तीजले परम्परासँगै आधुनिकता अँगाल्दा व्यापार पनि बढाउने गरेको थियो तर यस वर्ष कोभिड– १९ का कारण व्यापार व्यवसाय ठप्पजस्तै छन्। गहना पसलदेखि सुपरमार्केट र बुटिकहरु सुनसान छन्। गत वर्षको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको व्यापारीहरु बताउँछन्।

‘सम्बन्ध बढाउँछ’

संस्कृतिविद् प्रा. लेखनाथ आचार्यका अनुसार तीजमा प्रयोग हुने गहना र पहिरनको विशेष महत्त्व छ। रातो साडीलाई सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रङले शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। एकआपसमा वितरण गरिने उपहारले सम्बन्ध बढाएको उनी बताउँछन्।

समाजशास्त्रकी लेक्चरर निर्मला ढकाल आय आर्जनसँगै महिलाहरुले मनोवैज्ञानिक र सामाजिक आवश्यकता पूरा गर्न सकेकाले आधुनिक समयमा नयाँपन देखिएको छ। तीजको स्वरुप परिवर्तन हुँदै गए पनि सम्बन्ध परिवर्तन नभएको उनले बताइन्।

प्रकाशित: Aug 15, 2020| 08:35 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।