शुक्रबार, वैशाख १४, २०८१

तीज गीतका नाममा गाईजात्रा भइरहेको छ : हरिदेवी कोइराला

हाम्रो माटो, देशजस्तै हो संंस्कृति पनि। राष्ट्रियता हो। पर्व हाम्रा अस्तित्व हुन्। यसमा प्रयोग गर्ने नाममा विकृति ल्याउनु हुँदैन। सके सपारौं, नसके नबिगारौं।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

प्राज्ञ एवम् चर्चित लोकगायिका हरिदेवी कोइराला धेरैजसो आफ्नै संकलन र लयमा गाउँछिन्।

triton college

२०४५ मा रेकर्ड भएको पहिलो तीज गीत ‘पाइनँ खबर...’ ले उनलाई चर्चित बनाएको थियो। यसपटकको तीजमा उनले ‘कस्ता दिन गयो बरिलै..’ सार्वजनिक गरेकी छन्।

अहिले तीज गीतका नाममा गाईजात्रा भइरहेको र कतिपयले जानिबुझी संस्कृतिमाथि अतिक्रमण गरिरहेको बताउने कोइरालासँग नेपाल समयका राजु गिरीले गरेको कुराकानीको सम्पादित अंंश:

तीज गीत के हो?

यो महिलाले गाउने एकल दोहोरीजस्तै हो। तीज गीतमा महिलाको अनुभूति, महिलाकै सिर्जना र गायन हुन्छ। यसमा ठेटपन, घटना परिवेश र विषयवस्तु मौलिक हुन्छ।

corrent noodles
Metro Mart

तीज भन्नेबित्तिकै चेली–माइती, दाजुभाइ, पारिवार, श्रीमान् घरजस्ता कुरा आउँछन्। यसमा पारिवारिक–सामाजिक परिवेश, शिष्टता, सभ्यता हुन्छ। माइतीमा आमाबुवा, काकाकाकीसँग गर्ने व्यवहार र संंस्कारको कुरा आउँछ।

हाम्रो धार्मिक, सांंस्कृतिक, ऐतिहासिक पाटो मिसिएर संस्कृति निर्माण हुन्छ र त्यसैभित्र संगीत पनि पर्छ। यो बिर्सनु हुँदैन।

उसो भए तीज गीत पुरुषले गाउन नहुने हो?

गाउनै नहुने होइन। तर, महिलासँग जोडिएको पर्व हो तीज। तीज गीतमा महिलाको गायन र विशेष लय हुन्छ। महिलाको अनुभूति महिलाबाटै व्यक्त भए राम्रो होला नि।

पहिले तीजमा पुरुषले गाए पनि शिष्ट र पारिवारिक शैलीमा गाउँथे। तर अहिलेको अवस्था बेग्लै छ।

कस्तो परिवर्तन देखिरहनुभएको छ?

अहिले तीजको सेरोफेरोमा निस्किएका सबै गीतलाई तीज गीत भन्न थालिएको छ। तर तीज गीत त अरूभन्दा फरक र मौलिक हुन्छ।

अहिलेका गीत तीजको सन्दर्भ, परिवेश, मौलिकता, विषयवस्तुभन्दा निकै टाढा छन्। सबै नराम्रा छन् भनेको होइन तर, धेरै त्यस्तै छन्।

कति गीत त निकै उच्छृंखल, अत्यन्तै अपाच्य शैलीका र तीजको मर्ममा प्रहार हुने गरी आएका छन्। यो संस्कृतिमाथिको अतिक्रमण हो भन्ने लाग्छ।

तीज गीतका नाममा दोहोरी गाउन थालियो। त्यसपछि रत्यौलीको भाका मिसाइयो। हुँदाहुँदा अहिले जे पनि गर्न थालिएको छ, तीज गीतका नाममा गाईजात्रा भइरहेको छ।

तर, त्यस्तै गीत बिक्री भइरहेका छन् नि ?

बिकेको भन्न सकिँदैन। अथवा बजारमा जे पनि बिक्ला। लहडमा लाग्ने होइन, होहल्ला गर्दै जे मन लाग्यो त्यही गर्ने होइन। त्यसले सभ्यता र संंस्कृतिमा नराम्रो असर पर्छ।

तीज नै नबुझीकन लेखिएका, गाइएका गीतहरु तीज गीत हुँदै होइनन्। हामीले पछिल्लो पुस्तालाई के हस्तान्तरण गर्न खोजेको के हो? त्यो बुझ्नुपर्छ।

तर, कोही मानिस बुझेरै पनि तीजको परिवेश बाहिर गएर गीत ल्याइरहेका छन्।

तीजका गीतमा अरू के के अभिव्यक्त हुन्छन्?

तीज गीतमा चेलीको मनको अनुभूति, उसले बुझेको र भोगेको समाज र घटना अभिव्यक्त हुन्छन्।

यसमा वेदना, चेतना, समाज परिवर्तन, जनजीवनका कुरा पनि हुन्छन्। तर, ती शिष्ट, सभ्य र ठेट रुपमा आउनुपर्छ।

पहिले तपाईंले गायन सुरु गर्दा ताका तीज कस्तो हुन्थ्यो?

कृष्णअष्टमीपछि तीजको रन्को सुरु हुन्थ्यो। अष्टमीपछि गीतको तयारी गथ्र्यौं हामी। तीज गीत गाउँमा १५/२० दिनसम्म गाइन्थे।

माइती गएर रमाउने कुरा, घरपरिवारको सन्दर्भ, चेतनाका कुरा अबका गीतमा हुँदैनन्। हम्क्याइलो भाका त हराइसक्यो।

अहिले त तीजका नाममा सस्तो व्यवसाय र उच्छृंखलताको प्रतिस्पर्धा भइरहेको छ।

समाजमा परिवर्तन आउँदा गीतमा पनि परिवर्तन आउनु स्वाभाविकै होला, हैन र?

अहिले पनि उहिलेका जस्तै गीत हुनपर्छ भनेको होइन। पहिलेजस्तो माइती जान दुईचार वर्ष कुर्नुपर्ने अवस्था अहिले छैन। समय र परिवेशमा ठूलो परिवर्तन आएको छ। घटनामा परिवर्तन आएको छ। तर, मौलिकतामै परिवर्तन आउँदैन। देउसी र भैलोको भाका परिवर्तन हुँदैन नि, त्यस्तै हो।

हाम्रो माटो, देशजस्तै हो संंस्कृति पनि। राष्ट्रियता हो। पर्व हाम्रा अस्तित्व हुन्। यसमा प्रयोग गर्ने नाममा विकृति ल्याउनु हुँदैन। सके सपारौं, नसके नबिगारौं।

प्रकाशित: Aug 15, 2020| 07:35 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...