सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोमा परी ३८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको टेलिफोनमा बताइन्।
उनका अनुसार केही परिवारका सबै सदस्य बेपत्ता भएका छन्। घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएको उनले बताइन्।
घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले खिचेको केही तस्बिर: