शनिबार, वैशाख ८, २०८१

फरक तरिकाले हुँदैछ भारतीय टिमको आईपीएल तयारी

१३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।
 |  बिहीबार, साउन २९, २०७७

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, साउन २९, २०७७

काठमाडौं- १३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिेकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।

triton college

कोरोना महामारीपछि लगभग २०० खेलाडी सम्मिलित टी–२० प्रतियोगिता मैदान फर्किन लाग्दा यसले क्रिकेटर र क्रिकेट फ्यानमा ठूलै चासो सिर्जना गरेको छ। उसो त आईपीएलको चार्म यसअघिका सिजनमा पनि उत्साहजनक रुपमा हुने गरेको थियो।

प्रतियोगिताको चामसँगै यसको तयारी पनि भइरहेको छ तर तयारी गर्न सजिलो भने छैन।

एक त भारत सरकारले मान्यता दिएपछि टी–२० प्रतियोगिता युएईमा हुँदैछ। त्यसमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जारी गरेको गाइडलाइनअनुसार खेलाडीले प्रसस्तै नयाँ नियमको अनुभूति गरिरहेका छन्।

अहिले सबैभन्दा धेरै चासो कोरोनालाई लिएर छ। यसकै कारण यूएईमा गर्न लागिएको प्रतियोगिताका खेलाडी, प्रशिक्षक र स्टाफलाई कोरोना परीक्षण गर्नु क्लबको पहिलो प्राथमिकता हो।

corrent noodles
Metro Mart

यसअघि जस्तो सिधै आएर अभ्यासमा सम्मितिल हुने प्राबधानलाई यो वर्ष कोरोनाले ‘बोल्ड आउट’ गरिदिएको छ।

गाइडलाइन अनुसार कारोना परीक्षण गराएर संक्रमण पुष्टि भएका करुण नैर दुई हप्तासम्म होम क्वारेन्टिनमा बसेका थिए। पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनले अब किंग्स इलेवेन पञ्जाबको अभ्यासमा सहभागी बन्न पाउने भएका छन्। र, अर्को हप्ता पञ्जाबको टिमसँगै युएईको यात्रामा सहभागी हुन पाउने छन्।

बीसीसीआईको प्रोटोकलअनुसार उनले अब तीन परीक्षण गराउनुपर्नेछ। युएई जानुअघि पाँच परीक्षण गराउनुपर्नेमा नैरले होम सिटीमा दुई परीक्षण गराएका छन् भने टिमका साथ अब तीनवटा परीक्षण गराउने छन्।

नैर आईपीएलमा सहभागी टिममध्ये कोरोना पोजेटिभ पाइएका पहिलो व्यक्ति हुन् भने दोस्रा राजस्थान रोयल्सका फिल्डिङ प्रशिक्षक दिशान्त याग्निक हुन्।

बुधबार राजस्थानले ट्वीट गर्दै याग्निकलाई कोरोना देखिएको पुष्टि गरेको छ। उनी १४ दिनका लागि क्वारेन्टिनमा बसिरहेका छन्। त्यसपछि कम्तीमा दुईवटा परीक्षणमा कोरोना नेगेटिभ आए उनी क्लबको अभ्यासमा फर्कन पाउने छन्। त्यसपछि युएई जान अतिरिक्त तीनपटक परीक्षण गराउनुपर्नेछ।

प्रशिक्षकसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन क्लबले अनुराेधसमेत गरेको छ। राजस्थानको टिम एक हप्तापछि युएई प्रस्थान गर्नेछ। उसले सबै खेलाडी, अफिसियल र स्टाफलाई मुम्बईमा उस्थित हुन आह्वान गरिसकेको छ।

यता, २०१८ को आईपीएल विजेता चेन्नेई सुपर किंग्सले अगस्त १५ बाट ६ दिन भारतमै अभ्यास गराउने भए पनि टिमका एक नायक रविन्द्र जडेजा उपस्थित हुने छैनन्। उनीबाहेक अन्य खेलाडीले एमए चिदंबरम् रंगशलामा प्रशिक्षण गर्नेछन्।

चेन्नेईले आउँदो २१ तारिखमा युएई जाने तय गरेपछि सोही अनुसार जडेजाले पनि टिम जोइन गर्नेछन्। तर, फाफ डू प्लेसिस र लुंगी निगिदी एक सेप्टेम्बरमा सिधै युएई पुग्नेछन्।

यीबाहेक अन्य टोली दिल्ली क्यापिटल, कोलकत्ता नाइट राइडर्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंलोर र सनराइजर्स हैदरबादले आआफ्नै किसिमले तयारी गरिरहेका छन्।

आउँदो सिजनमा आठ फ्रेन्चाइज टिमले करिब ५० जना युवा क्रिकेटर लिएर यूएई जाने बताएका छन्। ब्याट्समेनले नेट प्राक्टिस गर्दा युवा क्रिकेटरले बलिङमा सहयोग गर्नेछन्।

क्लबहरुले नेट बलर लिने प्रकृया सुरु गरिसकेका छन्। जसमा चेन्नेईले १० बलर लिएर जाने भएको छ भने दिल्ली क्यापिटलले ६ बलर लैजाने बताएको छ।

बीसीसीआईको सल्लाह अनुरुप आईपीएलका सबै टिम २१ र २२ अगस्टमा युएई प्रस्थान गर्नेछन्।

युएई पुगेको पहिलो हप्ता खेलाडी र खेल अधिकारी दुबैले एक अर्कालाई भेट्न पाउने छैनन्। उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि भने भेटघाटमा प्रतिबन्ध छैन।

त्यहाँ पुगेको पहिलो, तेस्रो र छैटौं दिन (क्वारेन्टिनमा रहँदै ) कोरोना टेस्ट गरिनेछ। तीन नकारात्मक टेस्टपछि खेलाडी र प्रशिक्षकले बायो–सेक्योर बबलमा प्रशिक्षण सुरु गर्न पाउने छन्।

प्रतियोगिता अन्तर्गत ५३ दिनको समयावधीमा हरेक पाँच दिनमा कोरोनाको जाँच हुनेछ।
टिमले अतिरिक्त टेस्ट गराउन चाहेमा गर्नसक्ने बीसीसीआईले छुट दिएको छ। जुन युएईको सरकारी मान्यता अनुरुप हुनुपर्ने छ।

यता आयोजक बीसीसीआईले यो सिजनको मुख्य प्रायोजक भेटिसकेको छैन। उसले आउँदो अगस्ट १८ मा नयाँ स्पोन्सरको टुंगो लगाउने बताएको छ।

स्पोन्सरका लागि अमेजन, पतंजली, ड्रिम–११लगायत कम्पिनीले चासो देखाएका छन्। नयाँ स्पोन्सरको सम्झौता १८ अगस्तबाट २०२० डिसेम्बर ३१ सम्म मान्य रहने बीसीसीआईले बताएको छ।

प्रकाशित: Aug 13, 2020| 17:10 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।