बिहीबार, वैशाख १३, २०८१

कोरोना रोकथाम कोषमा नेपाल बैँकको ३ करोड सहयोग

अर्थमन्त्री डा. युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उक्त चेक हस्तान्तरण गरे। बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दैै आएको थियो ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको रु। ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष हस्तान्तरण गरेको छ ।

triton college

अर्थमन्त्री डा. युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उक्त चेक हस्तान्तरण गरे। बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दैै आएको थियो ।

देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए।

कार्यक्रममा मन्त्री डा. खतिवडाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए। बैँकका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताए।

प्रकाशित: Aug 12, 2020| 05:39 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।