शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपित एसएसपी अधिकारी पुर्पक्षका लागि कारागार चलान

बलात्कार आरोपित एसएसपी अधिकारी पुर्पक्षका लागि कारागार चलान

अधिकारीको बयान र केही बहस सोमबार सकिए पनि बाँकी बहस र आदेश मंगलबार सकिएको हो। उपाध्यायका अनुसार तीन जना सरकारी वकिल र पाँच जना प्रतिवादीतर्फका वकिलले थुनछेक बहस गरेका थिए।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– बलात्कारका आरोपित सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि अधिकारी कारागार चलान भएका हुन्।

triton college

जिल्ला अदालतका न्यायाधीश दीपककुमार पोखरेलको इजलासले अधिकारीलाई थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले जानकारी दिए। जिल्ला सरकारी वकिल कार्यालयमार्फत आइतबार अधिकारीविरुद्धको अभियोग अदालतमा दर्ता भएको थियो।

अधिकारीको बयान र केही बहस सोमबार सकिए पनि बाँकी बहस र आदेश मंगलबार सकिएको हो। उपाध्यायका अनुसार तीन जना सरकारी वकिल र पाँच जना प्रतिवादीतर्फका वकिलले थुनछेक बहस गरेका थिए।

भरतपुर चितवनकी एक महिलालाई अधिकारीले आफ्नो क्वार्टरमा खाना खान बोलाएर बलात्कार गरेको उजुरी परेपछि असार ३१ गते प्रहरीले पक्राउ गरेको थियो। अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत थिए। उनको सरुवासमेत भैसकेको थियो।

प्रकाशित: Aug 11, 2020| 18:20 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।