देशभर कोरोना भाइरसका ७ हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५३९ जना, २ मा ३ हजार ३४७ जना, बागमतीमा १ हजार ३५२ जना, गण्डकीमा २२४ जना, प्रदेश ५ मा ६४६ जना, कर्णालीमा १५७, सुदूरपश्चिममा ८९६ जना सक्रिय संक्रमित छन्।