बिहीबार, वैशाख १३, २०८१

मध्यरातमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

triton college

सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

राति सुतेका बेला भत्किएको घरमा पुरिएर लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्र मल्लका अनुसार भत्किएको घर माटो ढुंगाबाट बनेको तीन तले थियो । घर भत्किन थालेपछि केहि भाग्न आगनमा निस्किए पनि आगनमै थिचेको अवस्थामा केहिको शव भेटिएको उनले बताए ।

प्रकाशित: Aug 11, 2020| 07:14 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।