सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ नेता-कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको टोलीले मुगुका जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भामलाई पक्राउ गरेको छ। उनी सोरु गाउँपालिका वडा नम्वर ६ का बासिन्दा हुन्।
त्यस्तै जुम्लाको हिमा गाउँपालिकाका विप्लवका कार्यकर्ता नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेका प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए
प्रहरीका अनुसार पक्राउ परेका विप्लवका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेली, सदस्यता फारम, विभिन्न किताबहरु फेला परेको छ।
त्यस्तै विभिन्न स्थानीय तहका जनप्रतिनिधि र ठेकेदारको नामावली समेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक बास्तोलाले बताएका छन्।