बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर : ह्वात्तै बढ्यो संक्रमण, न सचेतता, न पर्याप्त परीक्षण

विराटनगर : ह्वात्तै बढ्यो संक्रमण, न सचेतता, न पर्याप्त परीक्षण

आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, साउन २६, २०७७

विराटनगर– आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ।

triton college

विराटनगरमा साउन १५ देखि २५ गतेसम्म १८९ जना कोरोना संक्रमित थपिएका छन्।

साउन १ देखि साउन २५ गतेसम्म विराटनगरमा २५२ जना संक्रमित थपिएका छन्।

आइतबारसम्मको तथ्यांकमा कोरोना संक्रमितको संख्या २८१ छ। महानगरले तीन हजार ७३९ जनाको पीसीआर परीक्षण गरेको छ। ४९ जना डिस्चार्ज भएका छन्।
संक्रमणबाट चार जनाको मृत्यु भएको छ। महानगरपालिकाभित्र २३२ जना संक्रिय संक्रमित छन्।

प्रदेश १ मा कोरोना संक्रमण बढी भएको जिल्ला मोरङ हो। मोरङमा आइतबारसम्म ५७१ संक्रमित छन्।

corrent noodles
Metro Mart

जिल्लाका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा संक्रमित बढी छन्।

असार अन्तिमसम्ममा सुनबर्षी र रतुवामाई नगरपालिकाको तुलनामा विराटनगरमा संक्रमित कम थिए। समुदाय स्तरमा संक्रमण थिएन ।

विराटनगरमा असार अन्तिममा कोरोना संक्रमितको संख्या २९ थियो। साउन पहिलो सातामा ६ जना थपिए। साउन ७ गतेदेखि देशव्यापी लकडाउन हट्यो।

लकडाउन खुलेसँगै विराटनगरमा दैनिक कोरोना संक्रमित बढ्न थाले। साउन ७ देखि १४ गते सम्ममा विराटनगरमा ६० जना कोरोना संक्रमित थपिए। संक्रमित बढ्न थालेपछि जनस्तरबाटै लकडाउन गर्न महानगरलाई चर्को दबाब पर्न थाल्यो।

महानगरले साउन १६ गते मध्यरातिबाट दुई साताका लागि लकडाउन गर्ने घोषणा गर्‍यो। लकडाउनपछि विराटनगरमा भीडभाड घट्यो। संक्रमण समुदायमा गइसकेकाले लकडाउनपछि पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।

संक्रमण बढ्नुको कारण

समुदायमा परीक्षण गर्न ढिलो हुँदा संक्रमण छिटो फैलिएको विज्ञ बताउँछन्।

भारतबाट विराटनगर प्रवेश गर्नेको संख्या बढ्नु, बजार क्षेत्रमा भीडभाड बढ्नु, सामान्य स्वास्थ्य सचेतना नअपनाउँदा संक्रमण देखिएको समुदाय चिकित्सक तथा विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सूर्य पराजुली बताउँछन्।

उनका अनुसार अर्को मुख्य कारण समुदायमा परीक्षणको दायरा बढाउन नसक्दा संक्रमण बढेको हो।

उनका अनुसार लकडाउन खुल्नुअघि नै विराटनगरका बजार, अस्पतालहरुमा भीड बढ्ने क्रम तीव्र थियोे। उनले भने, ‘भीडभाड बढेसँगै मास्कको प्रयोग कम गर्ने, सामाजिक र भौतिक दुरी पालना नगर्ने अवस्थाले संक्रमण बढ्ने संकेत गरिसकेको थियो।’

भारतमा संक्रमण तीव्र रुपमा बढिरहेका समयमा नेपाल प्रवेश गर्नेको लर्को नै थियो। उनका अनुसार भारतबाट आएकाहरु सोझै समुदायमा जान थालेका थिए।

एक घर एक परीक्षण गर्न सुझाव

विराटनगरमा देखिएको संक्रमण नियन्त्रणका लागि ‘एक घर एक परीक्षण’ को अवधारणा अघि सार्नुपर्ने जनस्वास्थ्यकर्मी बताउँछन्।

नमुनाका रुपमा ‘एक घर एक परीक्षण’ गर्दा कुनै पनि घर नछुट्ने भएकाले संक्रमण थप फैलन नपाउने जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठ बताउँछन्।

कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमित बढ्ने देखिएकाले निजी र सरकारी अस्पतालको समन्वयमा व्यवस्थित आईसोलेसन तयारी अवस्थामा राख्नुपर्ने उनले बताए।

संक्रमितलाई राख्ने आइसोलेसन तयारी अवस्था नभए झन् समस्या बढ्ने उनको भनाइ छ। कोरोनासम्बन्धी सचेतना र सर्वसाधारणमा कोरोनाको डर भगाउने काम पनि महानगरपालिकाले गर्नु आवश्यक रहेको श्रेष्ठले बताए।

संक्रमण नियन्त्रणका लागि लकडाउन व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: Aug 10, 2020| 15:03 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।