काठमाडौं- भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
६५ वर्षका मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनी ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना भएका थिए ।
कोरोनाका कारण उनको स्वासथ्य अवस्था खराब हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । रेल राज्यमन्त्री अङ्गडीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत संवदेना ब्यक्त गरेका छन् ।