शुक्रबार, वैशाख १४, २०८१

एक करोड २५ लाख ५० हजार मानिस कोरोनामुक्त

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार जानकारी दिएको छ ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

जेनेभा- विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

triton college

कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार जानकारी दिएको छ ।

शनिबारसम्म विश्वभरमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

तीमध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

corrent noodles
Metro Mart

संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

अमेरिकामा ५० लाख ९५ हजार ७४८ जना कोरोना भाइरसका संक्रमित छन्।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ।

उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस संक्रमति छन्। यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ।

एसियामा ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ।

अफ्रिकामा १० लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ।
ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ। -एएफपी

प्रकाशित: Aug 08, 2020| 14:06 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।