शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कौसी खेतीबाटै हजारौँ कमाउँछिन् सरकारी अधिकृत राधा [भिडियोसहित]

कौसी खेतीबाटै हजारौँ कमाउँछिन् सरकारी अधिकृत राधा [भिडियोसहित]

सहरमा घर बढ्दै जाने र जमिन घट्दै जाने क्रम बढ्ने भएकाले उनले कौसीमा नै खेती गर्ने सोच बनाइन्। तर कौसी खेतीलाई व्यवसायिक बनाउने उनको सोच चाहिँ त्यसबेला थिएन।
 |  सोमबार, असोज ४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

सोमबार, असोज ४, २०७८

काठमाडौं- घिरौला, करेला, गोलभेडा, खोर्सानी, काउली, सिमीसहित विभिन्न खाले तरकारी फलिरहेको करेसाबारी। तरकारी मात्र होइन, अनार, कागती, मुन्तला, जुनारदेखि ड्रयागनफ्रुटसम्मका फलफूल कि त फलिसकेका छन् कि त बिरुवा हुर्कंदै छन् राधा ढकालको करेसाबारीमा। सानातिना बगैँचालाई 'माथ' खुवाउने गरी ललितपुर थसिखेलकी राधा ढकालले कौसीमा गरेको पौरख हो यो। 

triton college

कौसीमा नै बनाएको बगानबाट उब्जनी भएका फलफूल र तरकारी राधाको परिवारमा मात्र सीमित भएको छैन, बजारसम्म पुग्ने पनि पुग्ने गरेको छ। राधाका लागि कौसी तरकारी खेती सन्तुष्टिको माध्यम मात्र बनेको छैन, पारिवारिक आम्दानीको स्रोत पनि भएको छ। लगानी मात्र धान्ने आम्दानी होइन, मासिक दर्जनौँ हजार आम्दानी हुने गरेको राधाको भनाइ छ। 

‘रहरले सुरु गरेकी थिएँ, अर्गानिक तरकारी खाऔँ भनेर। अहिले व्यावसायिक नै भइयो। महिनाको एकदेखि ढेडलाखसम्म यसैबाट आम्दानी हुन्छ,’ कौसी तरकारी खेतीको फाइदा सुनाउँछिन् राधा, 'आफ्नो परिवारले उपभोग गरेका वस्तुको हिसाबकिताब गर्ने कुरा भएन। आफन्तकोमा आउँदाजाँदा झोलामा राखिदिएका तरकारी र फलफूललाई जोड्ने कुरा भएन।' 


फलफूल र तरकारी मात्र बेचेर यति ठूलो आम्दानी भएको हो त? हाम्रो जिज्ञासामा उनले भनिन्, 'फलफूल र तरकारी मात्र होइन, बेर्ना पनि बिक्री हुन्छन्। यसबाट पनि राम्रै आम्दानी गर्न सकिने रहेछ।'

corrent noodles
Metro Mart

तरकारी र फलफूलका साथै त्यसका बिरुवा बिक्री गर्नका लागि उनले घरको तल्लो तल्लाको सटरमा पसल बनाएकी छन्। जहाँ विभिन्न प्रकारका बिरुवा र कृषिजन्य सामग्री पाइन्छ। ‘पसल खोल्ने योजना थिएन। तर कौसीमा फलेको तरकारी र फलफूल कहाँ लगेर बेच्ने? आफ्नो घरको सटर पनि खाली नै थियो। त्यसैले घरमा नै पसल खोलियो। अहिले यहाँबाट तरकारी र फलफूलभन्दा बढी त्यसका विरुवा र अन्य कृषिजन्य सामग्री बेच्छु,’ उनले सुनाइन्। 

राधालाई सानैदेखि करेसाबारी असाध्यै मन पर्दथ्यो। हेटौँडामा हुर्किएकी राधाको २०४६ सालमा बिहे भयो। करिब ८ वर्ष शिक्षण पेसा अंगालेकी उनले २०५२ सालमा मुखियामा नाम निकालेपछि शिक्षण पेसा छाडिदिइन्। करेसाबारीमा रमाउने बानी परिसकेकी राधाको नाम अघि पद थपियो ‘मुखिया राधा'।

सहरमा घर बढ्दै जाने र जमिन घट्दै जाने क्रम बढ्ने भएकाले उनले कौसीमा नै खेती गर्ने सोच बनाइन्। तर कौसी खेतीलाई व्यवसायिक बनाउने उनको सोच चाहिँ त्यसबेला थिएन।


अर्गानिक तरकारी खानकै लागि उनले २०७० मा कौसी खेती सुरु गरिन्। ५ वर्ष ललितपुरको हरिसिद्धिमा सामान्य खालको कौसी खेती गरेकी उनी त्यसपछि बसाई सरेर थसिखेल आइन्। अहिले थसिखेलको घरको छतलाई नै उनले करेसाबारी बनाएकी छिन्। कौसी खेतीबाटै मासिक हजारौँ कमाउने राधाले सरकारी सेवा पनि त्यागेकी छैनन्, गोदावारी नगरपालिकामा छैटौँ तहकी कर्मचारी हुन्।

घर अगाडिदेखि कौसीसम्म पुग्दा सिँडीभरी फूलैफूलका गमला राखिएको छ। छतभरि बन्दागोभी, गोलभेँडा, सिमी, खुर्सानी,साग, भान्टा, बोडी, करेला, घिरौँलालगायतका तरकारी लगाएकी छन्। अनार, कागती, मुन्तला, जुनार, ड्यागनफ्रुट, भट्मास, सुन्तलालगायतका फलफूल छन्। 

सहरमा घर बढ्दै जाने र जमिन घट्दै जाने क्रम बढ्ने भएकाले उनले कौसीमा नै खेती गर्ने सोच बनाइन्। तर कौसी खेतीलाई व्यवसायिक बनाउने उनको सोच चाहिँ त्यसबेला थिएन।

उनको अनुभवमा अलिकति मात्रै जाँगर चलाउने हो भने घरको छतमा मज्जाले तरकारी उब्जाउन सकिन्छ। तरकारीमा मासिक सकिने हजारौँ रुपैयाँ जोगाउन सकिन्छ। 'हरेक दिन सयौं रुपैयाँ खर्च गरेर तरकारी किन्नुपर्छ, त्यसमा पनि विषादी हालेको, अलिकति जाँगर चलाउँने हो भने अर्गानिक तरकारी आफ्नै कौसीमा उब्जाउन सकिन्छ, मासिक हजारौँ बचाउन सकिन्छ,' उनले भनिन्। 

भिडियो

प्रकाशित: Sep 20, 2021| 06:50 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्