बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • श्रीलंकामा राजपक्षेको पार्टीलाई ठूलो जित, ओलीले दिए शुभकामना

श्रीलंकामा राजपक्षेको पार्टीलाई ठूलो जित, ओलीले दिए शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेलाई उनको पार्टीले संसदीय चुनावमा ठूलो जित हासिल गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेलाई उनको पार्टीले संसदीय चुनावमा ठूलो जित हासिल गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

triton college

प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोनमार्फत एसएलपीपीको चुनावी जितको लागि बधाई दिएका हुन्। ओलीले टि्वटमार्फत् आफूले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको बताएका छन्।

उनको टि्वटमा रिटि्वट गर्दै श्रीलंकाका प्रधानमन्त्री राजपक्षेले धन्यवाद व्यक्त गरेका छन्।

‘धन्यवाद केपी शर्मा ओली तपाईको कल, हार्दिक शुभकामना र नेपाल भ्रमणको निम्ताका लागि,’ राजपक्षेले लेखेका छन्।

उनले दुई देशको मैत्री सम्बन्धको कदर गर्दै आवश्यकताका बेला श्रीलंका सधैं नेपाली जनताको पक्षमा रहने उल्लेख गरेका छन्। ‘म आपसी सहयोग वृद्धिका लागि पर्खाइमा छु,’ उनले भनेका छन्।

corrent noodles
Metro Mart

आज सार्वजनिक गरिएको नतिजा अनुसार राजपक्षेको पार्टी एसएलपीपीले २२५ सदस्यीय संसदमा १४५ सीट जितेको छ।

एसएलपीपीका मुख्य विपक्षीले बुधबार भएको मतदानमा ५४ सीट मात्र प्राप्त गरेका छन्।

अलजजिराका अनुसार राष्ट्रपति पदमा गोटाब्या राजपक्षेले पुनः शपथ लिने र दाइ महिन्दा राजपक्षेले प्रधानमन्त्री पदमा शपथ लिने सम्भावना छ।

एसएलपीपीको ठूलो जीतले श्रीलंकामा संविधान परिवर्तन गर्ने र वंशवादी शासनलाई सुदृढ पार्नसक्ने संचार माध्यमहरुले उल्लेख गरेका छन्।

 

प्रकाशित: Aug 07, 2020| 14:49 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।