शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बयोधा अस्पतालको लापरबाहीले ५ जना डाक्टरसहित १४ जनालाई कोरोना

बयोधा अस्पतालको लापरबाहीले ५ जना डाक्टरसहित १४ जनालाई कोरोना

वीरगन्जको नारायणी बयोधा अस्पतालको प्रशासनले चरम लापरबाही गर्दा ५ जना डाक्टरसहित १४ जनामा कोरोना संक्रमण भएको छ।
 |  शुक्रबार, साउन २३, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन २३, २०७७

वीरगन्ज- वीरगन्जको नारायणी बयोधा अस्पतालको प्रशासनले चरम लापरबाही गर्दा ५ जना डाक्टरसहित १४ जनामा कोरोना संक्रमण भएको छ।

triton college

कोरोना संक्रमितलाई कोरोना विशेष अस्पतालमै पठाउनुपर्नेमा अस्पताल प्रशासनले बयोधामै राखेर उपचार गर्दा उपचारमा संलग्न ५ जना डाक्टर संक्रमित भएका हुन्। त्यस्तै अस्पतालका अन्य ९ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ।

अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

गत साउन १७ गते बयोधा अस्पतालको आईसियुमा उपचारको क्रममा मृत्यु भएकी वीरगन्ज–१६ नगवाकी कलावती देवी र वीरगन्ज– १० आदर्शनगरका पवन पटवारीको उपचारमा खटिएका डाक्टरहरुमा कोरोना संक्रमण भएको हो।

कलावती देवीको १६ गते राति नै कोरोना पोजेटिभ आए पनि लिखित रिपोर्ट आएमात्र बिरामीलाई कोभिड अस्पताल गण्डकमा पठाउने भन्दै बयोधा अस्पताल प्रशासनले त्यहीँका डाक्टरहरुलाई उपचारमा खटाएको थियो।

corrent noodles
Metro Mart

कलावतीको मृत्यु भएपश्चात् १७ गते अस्पतालले बदमासी गर्दै उपचारका लागि भनेर कोभिड अस्पतालमा पठाएको थियो। उनको बाटोमै मृत्यु भएको भनियो।

कोरोना संक्रमण भएका बिरामीलाई साधारण अस्पतालमा राखेर उपचार गर्न थालेपछि अस्पतालमा जोखिम बढेको भन्दै मौखिम रुपमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरीसमेत परे पनि त्यसको बेवास्ता गरियो।

कन्ट्याक्ट ट्रेसिङका अधारमा नारायणी अस्पतालको पीसीआर ल्याबले स्वाब संकलन गरिएकोमा बयाेधा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एक जना सर्जन लगायत गरी ५ जना चिकित्सक संक्रमित भएको नारायणी अस्पतालले जनाएको छ।

*यसअघि प्रकाशित समाचारमा '६ जना डाक्टरमा काेराेना पुष्टि' उल्लेख भएकाेमा सच्चाइएकाे छ।

प्रकाशित: Aug 07, 2020| 14:35 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।