शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गलत रगत चढाउँदा २० वर्षीया सुत्केरीको मृत्यु, डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रहरी

गलत रगत चढाउँदा २० वर्षीया सुत्केरीको मृत्यु, डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रहरी

हिजो अपरेसन गरेर बच्चा निकालेपछि सुत्केरीलाई रगत अभाव भएको थियो । रगत चाहिने भएपछि चिकित्सकले रक्तसञ्चार केन्द्रमा रगत लिन पठाएका थिए।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ ।

triton college

हिजो सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका एसपी रमेश बस्नेतले बताए । मुत्युपछि एक चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

हिजो अपरेसन गरेर बच्चा निकालेपछि सुत्केरीलाई रगत अभाव भएको थियो । रगत चाहिने भएपछि चिकित्सकले रक्तसञ्चार केन्द्रमा रगत लिन पठाएका थिए।

रक्तसञ्चार केन्द्रले गतल रगत दियो कि चिकित्सकले गतल रक्त समूह ल्याउन भनेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित: Aug 07, 2020| 13:40 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।