बिहीबार, वैशाख १३, २०८१

उपाध्यायको अर्थ–राजनीतिक पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक

लेखक राजीव उपाध्यायको अर्थ–राजनीतिक पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– लेखक राजीव उपाध्यायको अर्थ–राजनीतिक पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' सार्वजनिक भएको छ।

triton college

बिहीबार आयोजित समारोहमा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरेका हुन्।

अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालकाे बहुदलीय राजतन्त्र, सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए। पुस्तक नेपालको अर्थराजनीति बुझाउने ऐना भएको उनको भनाइ छ।

पुस्तकमा उपाध्यायले देशको बिग्रँदो अर्थतन्त्र, विदेशीको भूमिका आदिलाई पनि सटिक रुपमा चर्चा गरिएको पौडेलले बताए।

कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई वर्णन गरेको बताइन्।

‘यो पुस्तक उनीहरूले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो— गज्जब।’ नेपाललाई बुझ्न चाहने जो–कसैले यो पुस्तक अध्ययन गर्नुपर्ने विष्टको भनाइ छ।

corrent noodles
Metro Mart

कार्यक्रममा पत्रकार नेपालले कबाल्स एन्ड कार्टेल्स समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए।

‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका धेरै पुस्तक छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन्, राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन्।’

समारोहमा लेखक उपाध्यायले नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको बताए।

सधैंको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनायो भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको उनले बताए।

अर्थराजनीतीको कटुयथार्थलाई बेवास्ता गर्दै विगतमा गरिएका राजनीतिक घटनाक्रमलाई आफूले यहाँ समेटेको उपाध्यायले जानकारी दिए।

पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले उपाध्यायको पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित: Aug 06, 2020| 17:16 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।