बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा एक अर्ब ४० करोड रुपैयाँको आवेदन

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा एक अर्ब ४० करोड रुपैयाँको आवेदन

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा मंगलबारसम्म एक अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा मंगलबारसम्म एक अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। यो रकम माग भएको भन्दा ४.४४ गुणा बढी हो। आईपीओको आवेदन म्याद बुधबार साँझ ५ बजेसम्म छ।

triton college

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार तीन लाख ३४ हजार २९२ जना आवेदकबाट एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँभन्दा बढीको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर माग भएको छ।

कम्पनीले ३१ लाख ६० हजार १८३ कित्ताका सर्वसाधारणका लागि आवेदन माग गरेको थियो।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्कासन गरेको हो।

५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ भने बाँकी २ प्रतिशत अर्थात् ६७ हजार ९६१ किता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ।

corrent noodles
Metro Mart

कम्पनीको सेयरमा बुधबारसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। साधारण सेयरको आवेदन दिन जुनसुकै बैंक वा मेरो सेयरबाट पनि सक्नेछन्।
कम्पनीको आईपीओमा इक्राले ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

प्रकाशित: Aug 04, 2020| 20:07 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्