काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यममा मन्त्रालयका कर्मचारीमा कोरोना पुष्टि भएको समाचार आएपछि प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयभित्र कसैलाई पनि कोरोना नभएको प्रस्ट पारेका हुन्।
कोभिड १९ का विषयमा आफ्नै ढंगले सूचना प्रसारण नगर्न मन्त्रालयले आग्रह गरेको छ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ।