बुधबार, वैशाख १२, २०८१

वीरगंजमा कोरोना संक्रमितको डायलासिस सुरु

वीरगंजमा कोरोना संक्रमित मिर्र्गालाका बिरामीहरुको डायलासिस सुरु गरिएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

पर्सा- वीरगंजमा कोरोना संक्रमित मिर्र्गालाका बिरामीहरुको डायलासिस सुरु गरिएको छ।

triton college

प्रदेश २ मै पहिलोपटक र नेपालमै दोस्रो पटक सुरु गरिएको डायलासिस सेवाले चिकित्सकसमेत जोखिममा रहन्छन् भने समयमा डायलासिस नभए बिरामीको ज्यानसमेत जान सक्छ। त्यसैले आफू पनि सुरक्षित रहदैँ डायलासिस सुरु गरिएको डा. निरज सिंहले जानकारी दिए।

विगत केही दिनदेखि नारायणी आस्पतालमा डायलासिस गराइरहेका ३ जना बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्तव्यस्त बनेको डायलासिस सेवा आजदेखि अस्थाई कोभिड अस्पताल वीरगंज हेल्थ केयरमा सुरु गरिएको उनले बताए।

हाल ५८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा हेमो डायलासिस युनिट चिकित्सक अभावले अस्तव्यस्त बनेको थियो। एक ३० वर्षीया बिरामीलाई डा. निरज सिंहकै नेतृत्वमा स्वास्थ्यकर्मीहरू अनिल कुमार झा, नरेन्द्र कुशवाहा र अनिल बरईको टोलीले आज सफल डायलासिस गरेका छन्।

प्रकाशित: Aug 03, 2020| 19:45 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।