बिहीबार, वैशाख १३, २०८१

भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया

 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

 भारतमा ११ महिनाको अवधिमा एक लाख बढी किया एसयूभी बिक्री भएको छ । कियाले सन् २०१९ को अगस्तमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो ।

triton college

त्यसयताको अवधिमा किया सबैभन्दा छिटो एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको जनाइएको छ ।

कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल-कार्निभल प्रिमियम एमपीभी र सेल्टोस एसयूभी-बाट यो उपलब्धि हासिल गरेको जनाइएको छ । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ ।

सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एसयूभीको उपाधि हात पारेको कम्पनीले जनाएको छ ।

कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्त ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ । 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 03, 2020| 13:07 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्