बिहीबार, वैशाख ६, २०८१

लुम्बिनीमा ५७ जनालाई पदक दिने घोषणा [नामावलीसहित]

लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई प्रदेश विभूषण प्रदान गर्ने घोषणा गरेको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

बुटवल– लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई प्रदेश विभूषण प्रदान गर्ने घोषणा गरेको छ। सातौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले आइतबार राजपत्र प्रकाशित गरी विभिन्न १० पदकद्वारा विभूषित हुनेहरुको नामावली सार्वजनिक गरेको हो। 

triton college

राजनीतिक आन्दोलन, विशिष्ट क्षेत्रमा योगदान गर्ने, कर्मचारी, पत्रकार, सामाजिक सुधारका क्षेत्रमा काम गर्ने तथा प्रतिभालाई पदक दिने घोषणा गरेको आन्तरीक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

सबैभन्दा ठूलो प्रदेश प्रमुख जनसेवा (क) बाट राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै अर्घाखाँचीका राजु नेपाली भनेर चिनिने भक्तिप्रसाद आचार्यलाई विभूषित गर्ने घोषणा गरिएको छ। प्रदेश प्रमुख जनसेवा क, ख र ग गरि ७ जनालाई प्रदान गरिने राजपत्रमा उल्लेख छ। यस्तै मुख्यमन्त्री प्रज्वलदीप पदकबाट गुल्मीका कर्णबहादुर क्षेत्रीसहित ४ जना विभूषित हुनेछन्। 

प्रदेश सेवा समर्पण पदकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजेन्द्र थापासहित १८ जना, उजिरसिंह दीप पदक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेसहित ६ जनालाई विभूषित गरिने घोषणा गरिएको छ। 

समाजसेवा श्री पदकबाट पाल्पामा सामाजिक क्षेत्रमा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी ओके बाजेसहित ११ जना, प्रदेश रत्न पदकबाट गुल्मीको पैचौं पसलसहित ३, पुथाश्री शिखर पदक रुपन्देहीका पुरुषोत्तम अर्याललाई दिइएको छ। 

corrent noodles
Metro Mart

प्रदेश प्रज्ञा पदक २ जना, प्रजापति गौतमी पदक ३ जना र दंगीशरण वलिहाङ्ग पदकबाट २ जनालाई विभूषित गरिने घोषणा गरिएको छ। यी पदक फागुन ३ गते प्रदेश सरकारको स्थापना दिवसमा प्रदान गरिनेछ।

प्रकाशित: Sep 19, 2021| 16:15 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।