काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका वृद्धवद्धा र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरको छ।
कोरोना भाइरसको जोखिम बढेका कारण बालबालिका र वृद्ध उमेरका व्यक्ति बढी सचेत हुनुपर्ने भन्दै मन्त्रालयले सकेसम्म घरमै बस्न आग्रह गरेको हो।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको दर बढ्दो भएकाले समाजिक दूरी कायम राख्न, मास्कको प्रयोग गर्न र अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरे।
लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर बढेको छ। हालसम्म ७२ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।