शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गम्भीर घाइते

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गम्भीर घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७, भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- कञ्चनपुरको बेलौरी नगरपालिका–७, भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। हतियार प्रहारबाट ५५ वर्षीया बेलु खातीको हत्या गरिएको हो। हतियार प्रहारबाट मृतकका पति ६३ वर्षीय घनश्याम खाती गम्भीर घाइते छन्।

triton college

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पत्नीको हत्या गरिएको र पति गम्भीर घाइते अवस्थामा भेटिएको जानकारी दिए।

“घरमै सुतिरहेको अवस्थामा राति करिब १ बजेको समयमा घटना भएको देखिन्छ,” घटनास्थलमै रहेका उनले टेलिफोनमा भने, “धारिलो हतियारले दुवैको छातिको भागमा गहिरो चोट देखिएको छ।”

गम्भीर घाइते भएका घनश्यामलाई राति नै बेलौरीबाट उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि राति नै उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

अज्ञात समूहकै आक्रमणबाट हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। “घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरेर अहिले हामी अनुसन्धान गर्दैछौं,” डिएसपी थापाले भने, “कसले र किन हत्या गरेको भन्ने केही खुलिसकेको छैन।”

corrent noodles
Metro Mart

प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै खाती दम्पतीका छोरा राजेश खाती र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: Aug 01, 2020| 10:04 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।