शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : संविधान दिवसमा ९ सय बढीलाई पदक बाडिँदै, ओमनसँग भिड्दै नेपाल

नेपाल समय बिहानी समाचार : संविधान दिवसमा ९ सय बढीलाई पदक बाडिँदै, ओमनसँग भिड्दै नेपाल

संविधानसभाबाट संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।

triton college

सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो। नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन्। संविधानका अन्तरवस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु भने निरन्तर आन्दोलनमा रहेका छन्।

नौ सय बढी सम्मानित हुँदै

संविधान दिवसका अवसरमार सरकारले ९ सयभन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ।

सबैभन्दा ठूलो विभूषण नेपाल रत्न भने सरकारले यसवर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने भएको छ। दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ।

corrent noodles
Metro Mart

तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण प्रधानन्याधीश चोलेन्द्र शमसेर राणसहित ६ जनालाई दिने निर्णय गरेको छ। राणासँगै नारायण गोपाल, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह र दुर्गानन्द झालाई यस पदक दिइने भएको छ। यस्तै सरकारले सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ४ जनालाई दिने भएको छ। उक्त पदक पाउनेमा न्याायधीश श्रेष्ठसँगै प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंह छन्। 

एमाले स्थायी कमिटी बैठक बस्दै

विधान महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।  दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो। बैठकमा विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

इन्द्रजात्रा मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। 

मुलुकका केही स्थानमा वर्षा हुने सम्भावना

आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षा हुने आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। 

तर, प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा वर्षा आँकलन गरिएको छ।

परमाणु पनडुब्बी सम्झौताप्रति  फ्रान्सले आपत्ति 

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताप्रति  फ्रान्सले आपत्ति जनाएको छ। आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो। 

गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौँ डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेश मन्त्री जिन इभसले बताएका छन्। 

नेपाल ओमनसँग भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ। दुई टोलीबीचको खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा परान्ह सवा ४ बजे सुरु हुनेछ। सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमनसँग ५ विकेटले पराजित भएको थियो। ओमनविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो। ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ। 

प्रकाशित: Sep 19, 2021| 11:33 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।