शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको वडा अधिवेशन आउन दुई दिन बाँकी, यी हुन् क्रियाशील सार्वजनिक हुन नसकेका १३ जिल्ला

कांग्रेसको वडा अधिवेशन आउन दुई दिन बाँकी, यी हुन् क्रियाशील सार्वजनिक हुन नसकेका १३ जिल्ला

वडा अधिवेशन आउन दुई दिन बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– वडा अधिवेशन आउन दुई दिन बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन। कांग्रेसको प्रदेश नम्बर २ का आठै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन नसकेको हो।

triton college

पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन बाँकी छ। सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ। महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ।

वडा अधिवेशन हुन नसकेका २० जिल्लामा असोज ५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको थियो।  यस्तै पालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने गरी नयाँ कार्यतालिका छ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ मा हुनेछ। प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनको मिति भने हेरफेर भएको छैन। प्रदेश अधिवेशन कात्तिक १० देखि १२ र केन्द्रीय अधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।

प्रकाशित: Sep 19, 2021| 11:19 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...