काठमाडौं– जनस्वास्थ्यको सामान्य मापदण्ड पालना नगर्दा वीरगन्जमा स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वीरगन्जमा संक्रमित हुनेमा १८ जना स्वास्थ्यकर्मी छन्। तीमध्ये आठ जना चिकित्सक, ६ जना नर्सिङ स्टाफ, ४ जना पारामेडिक्स रहेकोम मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयले स्वास्थ्यकर्मीलाई जनस्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी मास्क, पन्जा लगाई स्वास्थ्य उपचारमा संलग्न हुन आग्रह गरेको छ।