कोरोना भाइरस संक्रमण भएका मध्ये देशभर हाल ५ हजार ३१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २२२ जना, प्रदेश २ मा २ हजार ३४ जना, बागमती प्रदेशमा ५७२ जना, गण्डकी प्रदेशमा ३२४ जना, प्रदेश ५ मा ३८५ जना, कर्णालीमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४८३ जना सक्रिय संक्रमित छन्।