बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छिमेकीबाट फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : डा. भट्टराई

छिमेकीबाट फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।

triton college

सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदैैै भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले छिमेकीलाई चिड्याएर होइन, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए।

पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए। विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराएका थिए।

प्रकाशित: Jul 31, 2020| 05:25 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।