शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नक्कली सुन प्रकरण : दरबारमार्गका डिएसपी दाहाल जिम्मेवारीबाट हटाइए

नक्कली सुन प्रकरण : दरबारमार्गका डिएसपी दाहाल जिम्मेवारीबाट हटाइए

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्।

triton college

१५ किलो नक्कली सुनको झोला फ्याँकेर स्कारर्पियो उम्किएको घटनामा कार्य क्षमातामाथि प्रश्नचिन्ह उठाउँदै दाहाललाई सोमबार प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ।

दाहालमाथि वास्तविक घटनास्थल लुकाएको आरोपसमेत लागेको छ। प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल देखिएको प्रहरी स्रोतले बताउँदै आएको छ।

फरार भनिएको बा ६ च ५५१९ स्कर्पियो ललितपुरको नख्खिपोटस्थित एक निर्माणधीन घरको कम्पाउन्डमा छोपेर राखेको अवस्थामा घटनाको दुई दिनपछि फेला परेको छ।

स्कार्पियोबाट फ्याँकिएको भनिएको झोलामा सुनले लेपन गरिएको साढे १४ किलोग्राम चाँदी, आधा केजी सुन र दुईवटा पेस्तोल भेटिएको थियो।

corrent noodles
Metro Mart

प्रहरीले गठन गरेको छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 30, 2020| 18:27 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।