बिहीबार, वैशाख ६, २०८१

साताको अन्तिम कारोबार दिन ७.५३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.५३ अंकले बढेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.५३ अंकले बढेको छ।

triton college

बढेको नेप्से १४३९.०६ अंकमा पुगेर कारोबार रोकिएको हो।

आज नेप्सेका सबै समूहका सूचक सामान्य उकालो लागे। सबैभन्दा धेरै जीवन बिमा समूह ५५.४९ अंकले बढेको छ। त्यसैगरी निर्जिवन बिमा ५०.४६, होटल १३.७७ र जलविद्युत् ७.४२ अंकले बढ्यो। वाणिज्य बैंक समूहको सूचक ५.०३ अंकले माथि लागेको छ । 

बिहीबार १८९ कम्पनीको ३ लाख ४३ हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड २ लाख रुपैयाँ कारोबार भएको छ।

प्रकाशित: Jul 30, 2020| 15:30 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्