काठमाडौं- झनै तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ९ सयभन्दा धेरै संक्रमित थपिएका छन् । ६ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित र मृतक अमेरिकामा भन्दा ब्राजिलमा धेरै देखिएका छन् । ओरिकामा भन्दा संक्रमित साढे ४ हजारभन्दा धेरै र मृतक १ सय ४२ भन्दा बढि ब्राजिलमा थपिएका छन् ।
ब्राजिलमा बुधबार एकै दिनमा ७० हजार ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । अमेरिकामा भने ६६ हजार ३ सय ९६ जना संक्रमित थपिँदा १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ ।
भारतमा ५२ हजार २ सय ४९ जना संक्रमित थपिएका छन् भने ७ सय ७९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ११ हजार ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४० जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा ८ हजार ६ सय ७० जनामा संक्रमण देखिदा ३ सय ८० जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ हजार २ सय ८ जना संक्रमित हुँदा ८ सय ५४ जनाको मृत्यु भएको छ ।
रुसमा ५ हजार ४ सय ७५, बंगलादेशमा ३ हजार ९, इरानमा २ हजार ६ सय ३६, स्पेनमा २ हजार ३१, साउदी अरवमा १ हजार ७ सय ५९, चिलीमा १ हजार ७ सय ७५, पाकिस्तानमा १ हजार ६३ जना संक्रमित थपिएका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट १ करोड ६९ लाख ५० हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६ लाख ६४ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।